+

स्कट कुगेलेइनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाटै खेल्ने

२०८३ भदौ  १ गते १७:४५ २०८३ भदौ १ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्ने भएका छन्।
  • सुदूरपश्चिम रोएल्सले विज्ञप्ति जारी गर्दै कुगेलेइनलाई टोलीमा पुनः अनुबन्ध गरिएको जानकारी गराएको छ।
  • टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले पहिलो उपाधि जित्न कुगेलेइनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

१ भदौ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनले सुदूरपश्चिम रोएल्सबाटै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।

सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको घोषणा गरेको छ ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए ।

दोस्रो संस्करणमा कुगेलेइनले ९ खेलमा १० विकेट लिएका थिए ।

सुदूरपश्चिमले आगामी कात्तिक ९ गतेदेखि सुरु हुने तेस्रो संस्करणका लागि दोस्रो विदेशी खेलाडीको रुपमा स्कटलाई अनुबन्ध गरेको हो ।

यसअघि सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ ।

सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौं । पहिलो उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ । अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ ।

एनपीएल २०२६ सुदूरपश्चिम रोयल्स स्कट कुगेलेइन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय