News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
- बुढानीलकण्ठस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसनलाई ६–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
- प्रतियोगितामा युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गरेको छ भने बेस्ट गोलकिपर अनमोल राई र बेस्ट प्लेअर निखिल ढुङ्गाना घोषित भएका छन् ।
काठमाडौं। पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।
काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोट्स सेन्टरमा आइतबार भएको प्रतियोगिता न्यु होराइजन च्याम्पियन भएको हो । जापानिज भाषा अध्ययन र परामर्श दिने संस्था एजुकेसन ग्रुपको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु होराइजनले तिरुपाती एचआर सोलुसन प्रालीमाथि ६–० को सहज जित रच्यो । न्यु होराइजनका सुदीप लिम्बूले ह्याट्रिक पूरा गरे । टीका मगर र अनमोल राईले एक गोल थपेपछि न्यु होराइजनले सहज जित रचेको हो ।
युकिगुनी एजुकेसनल कन्सल्टेन्सीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । युकिगुनीले तेस्रो स्थानका लागि भएको खेलमा लोमस अब्रोड स्टडी प्रालीलाई ६–० ले हराएको थियो । एकदिने प्रतियोगितामा भएको पहिलो सेमिफाइनलमा न्यु होराइजनले युकिगुनीलाई ६–३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा तिरुपातीले लोमस एजुकेसनललाई ४–२ ले हराउँदै उपाधि भिडन्त तय गरेको हो ।
प्रतियोगिताको बेस्ट गोलकिपर च्याम्पियन न्यु होराइजनका अनमोल राई घोषित भए । बेस्ट प्लेअरको ट्रफी भने तिरुपातीका निखिल ढुङ्गानाले प्राप्त गरे । दुवैलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी हस्तान्तरण गरे । विजेता न्यु होराइजनले एक लाख र उपविजेता तिरुपाती एचआरले ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । उनीहरूलाई जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंह तामाङले ट्रफी प्रदान गरेका थिए ।
सो अवसरमा जापानिज एजुकेशन ग्रुपका संयोजक रूपसिंहले आगामी दिनमा पनि आफ्नो संस्थाले खेलकुदमा विभिन्न प्रतियोगिता र प्रोत्साहन कार्यक्रम आयोजना गर्दै स्वच्छ नागरिक उत्पादनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । तेस्रो स्थानको युकिगुनीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उक्त प्रतियोगितामा कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
प्रतिक्रिया 4