+
+
Shares

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टा अर्थात साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ११:१०

२३ असोज, काठमाडौं ।  नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टा अर्थात साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।

मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?