+
+
Shares

ओलीको दाबी– शंकर पोखरेलसँगको सम्बन्धमा कुनै समस्या छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलसँग सम्बन्धमा दरार आएको चर्चा पूर्णत: निराधार भन्दै खारेज गरेका छन्।
  • ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा स्थायी कमिटी बैठकपछि उनले नेतृत्व तहमा कुनै मनमुटाव नरहेको स्पष्ट पारे।
  • ओलीले फोन नउठाएको चर्चाबारे ‘विल्कुलै सत्यता छैन’ भन्दै शीर्ष नेतृत्वबीच निरन्तर समन्वय र संवाद रहेको बताए।

२४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णत: निराधार भन्दै खारेज गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनैपनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन् ।

पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।

बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे ।

‘विल्कुलै सत्यता छैन । उहाँले फोनसमेत उठाउनुभएन भन्नेकुरा पनि सुनियो । तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन,’ ओलीले भने ।

महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गर्दै त्यस्तो हल्लामा विल्कुल सत्यता नरहेको दाबी गरे ।

‘फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन । राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन,’ उनले भने ।

अध्यक्ष ओलीले शीर्ष नेतृत्वबीच पार्टी सञ्चालन र नीतिगत विषयमा निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?