फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी नदीको बाढीले गोरखाका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन् ।
- देउवाले 'बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।' भनेका छन् ।
- उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कांग्रेस पंक्तिलाई अनुरोध गरेका छन् ।
२५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले पारेको असरबारे दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत देउवाले बाढीले नदी किनाराका बस्तीमा पारेको असरको खबरले आफू दुखित बनेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’
नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका देउवाले विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई अनुरोध समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4