+
+
Shares
कांग्रेस महाधिवेशन :

कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित

जीवनबहादुर शाहीले ३९०६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी जनकराज गिरीले १३७६ मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
  • कांग्रेस वेबसाइटअनुसार शाहीले ३ हजार ९०६ मत ल्याएका छन् भने जनकराज गिरीले १ हजार ३७६ मत पाएका छन्।
  • मिडिया सेन्टरले शाहीको जित पुष्टि गरे पनि केन्द्रीय निर्वाचन समितिले औपचारिक अन्तिम परिणाम घोषणा गरेको छैन।

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम नतिजाअनुसार शाही सहमहामन्त्रीमा निर्वाचित भएका पुष्टि गरेको छ ।

तर, केन्द्रीय निर्वाचन समितिले भने औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन ।

कांग्रेसको वेबसाइटमा सहमहामन्त्री (पिछडिएको क्षेत्र) अन्तर्गत कुल खसेको ६ हजार ७२९ मतमध्ये ३३ मत बदर भएको उल्लेख छ ।

उल्लिखित तथ्यांकअनुसार नेता शाहीले ३९०६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी जनकराज गिरीले १३७६ मत ल्याएका छन् ।

सहमहामन्त्रीका उम्मेदवारहरू राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेको वेबसाइटमा उल्लेख छ ।

१४औं महाधिवेशनमा पनि उनी पूर्वसभापति शेरबहादुर देउवाको समूहबाट पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीका उम्मेदवार थिए ।

तत्कालीन समयमा शाही नेता डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।

गत पुसमा विशेष महाधिवेशनमा सहभागी नभएका नेता शाही पछिल्लो समय (२ असोज) मा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?