२ कात्तिक, काठमाडौं । कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिले नेपाल प्रिमियर लिग (एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिनुलाई ऐतिहासिक उपलब्धि बताएका छन्।
उनले आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास, खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव र क्लबबीच स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने बताए।
मान्यतासँगै क्लबले आफूले चाहेका स्तरीय टेस्ट खेलाडी भित्र्याउन पाउने बाटो खुलेको उल्लेख गर्दै घिमिरेले यसले लगानीकर्ता र निजी क्षेत्रलाई समेत सुरक्षा प्रदान गर्ने बताए।
एनपीएलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान बढाउनुका साथै खेल पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने उनको भनाइ छ।
प्रतिक्रिया 4