+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
44/1 (5.6)
Shares

सडक दुर्घटना घटाउन पोसाक अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २ गते १९:११

२ चैत, काठमाडौं । सडक दुर्घटना बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गराउने तयारी सुरु गरेको छ ।

 प्रत्येक दिनजसो सडक दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका चालक र परिचालकका लागि पोसाक अनिवार्य गर्न लागेको हो । ‘पोसाक अनिवार्य गरेपछि चालक र परिचालक भट्टीमा गएर रक्सी खान पाउँदैनन् र मादक पदार्थ सेवन गरेका कारण हुने दुर्घटना रोकिनेछ’-मन्त्रालयका निर्माण तथा यातायात महाशाखा प्रमुख रवीन्द्र श्रेष्ठले भने ।

यो व्यवस्था लागू गरेपछि कर्मचारीको सङ्ख्या पनि बढाएर नियमितरुपमा अनुगमन गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउने मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयमा कर्मचारीको सङ्ख्या कम भएकैले सार्वजनिक यातायातमा लागू गरिएको नयाँ भाडादर कार्यान्वयन गर्न अझै समस्या भएको पनि मन्त्रालयले जनाएको छ ।

डेढ करोड जनसङ्ख्या हुँदा एक लाख २५ हजार निजामती कर्मचारी भएकामा तीन करोड जनसङ्ख्या पुग्दा कर्मचारीको सङ्ख्या भने घटाएर ६० हजारमा सीमित गरिएकाले यातायात क्षेत्र लगायतमा समस्या भएको सहसचिव श्रेष्ठले बताए ।

सार्वजनिक यातायात बढी दुर्घटनामा पर्न थालेपछि मन्त्रालयले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लाई संशोधन गरी मन्त्रिपरिषद्बाट पारित गराएको छ । नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?