रविन भट्टराई
५ असोज, ताप्लेजुङ । लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आहृवान गरेको बन्दको तेस्रो दिन मंगलबार पनि अरुण पूर्वका नौ जिल्ला प्रभावित भएका छन् ।
बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभाको जनजीवन प्रभावित बनेको हो ।
यी जिल्लामा मंगलबार पनि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्थासमेत ठप्प रहेका छन् ।
संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू-भागलाई लिम्बुवान प्रदेश घोषणा गर्न माग गरेको छ ।
यसैविच संविधानको विरोधमा रहेको संघीय लिम्वुवान पाटी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संघसंगठन आवद्ध संयुक्त लिम्वुवान आन्दोलन समितिले सोमबार दिउँसो ताप्लेजुङमा विरोध र्याली पदर्शन गरेका थिए ।
प्रतिक्रिया 4