२५ असोज, काठमाडौं । केपी ओली नेतृत्वको नयाँ मन्त्रिपरिषदमा राप्रपा नेपालका दुई मन्त्रीले सोमबार सपथ लिने भएका छन् ।
सोमबार हुने मन्त्रिपरिषद गठनमा पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा दुई मन्त्री सहभागी हुने निर्णय भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्ट्रमन्त्री र संसदीय दलका उपनेता रामकुमार सुब्बाले विना विभागीय मन्त्रीका रुपमा सपथ लिने छन् ।
दिउँसो एक बजे शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सपथ लिने छन् । लगतै नयाँ मन्त्रीहरुले पनि प्रधानमन्त्रीबाट सपथ लिने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4