+
+

दसैंमा स्वदेश फर्कनेहरु पीडित बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ६:४५

bhairahawa (7)१ कात्तिक, काठमाडौं । दसैंमा आफन्तसँग खुसी साट्ने योजना बुन्दै स्वदेश फर्कनेहरूले इन्धन अभावमा ठूलो सास्ती व्यहोर्नुपरेको छ । रोजगारी र अध्ययनका लागि विदेश पुगेकाहरू दसैंको मुख्य दिन आउन साता दिन पनि बाँकी नरहेका बेला अलपत्र पर्न थालेका छन् । परदेशबाट दसैं मनाउन आएकालाई त्रिभुवन विमानस्थलबाट बाहिर आउनसाथ बन्दहडताल र इन्धनको अभावकाबीच कसरी घर पुग्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

‘नेपाल, आफ्नो जन्मथलो सम्झिँदै आउँदा धेरै खुसी भएको थिएँ, तर यहाँ आएपछि ठूलो सास्ती व्यहोर्नुपर्‍यो’, मलेसियामा काम गर्दै आएका भोजपुरका सुमित राईले शनिबार अन्नपूर्णसँग भने, ‘कहिले गाउँ पुगिने पत्तो छैन । दसैं मनाउन नपाउने हो कि भन्ने चिन्ता थपिएको छ ।’

६ वर्षपछि दसैंमा छुट्टी पाएका राईलाई विमानस्थलबाट बाहिर आएर तीन घन्टा कुरेपछि मात्र ट्याक्सी मिल्यो । विमानस्थलबाट नयाँ बसपार्क पुग्न ट्याक्सीलाई साढे तीन हजार तिरेका राईले गृहजिल्ला जान दिनभर लाम लाग्दा पनि टिकट पाएनन् । उनले भने, ‘देशको यस्तो हालत होला भन्ने लागेको थिएन, अवस्था नाजुक रहेछ, थाहा छैन दसैं मनाएर कसरी फर्किन्छु ।’

दसैंले आँगनमा पाइला टेकिसकेको छ । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन र रमाइलो गर्न विदेशबाट फर्कनेहरूले यस्तै सास्ती पाउन थालेका छन् । इन्धन आपूर्तिमा सरकारले चासो नदेखाउँदा र आएको इन्धन पनि समान रूपमा वितरण नहुँदा सार्वजनिक बस सञ्चालनमा नआएपछि टाढा पुग्नुपर्ने परदेशीहरू अलपत्र पर्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?