+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

नेकपा एमालेको ११औँ महाधिवेशन : उद्घाटन समारोह Live Updates

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र २७ मंसिर, भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ।
  • एमालेले उद्घाटन समारोहमा उपत्यकाको संस्कृति झल्काउने कलात्मक मञ्च बनाएको छ र विविध जातजातिको कला-संस्कृति झाँकी प्रदर्शन गर्ने जनाएको छ।
  • उद्घाटन समारोहमा १६ राजनीतिक दललाई आमन्त्रण गरिएको छ र बन्दसत्रमा नयाँ नेतृत्व चयन गरिनेछ।

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ ।

एमालेले उद्घाटन समारोह भव्य बनाउन १०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने आकर्षक र कलात्मक मञ्च बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा नेपालको सांस्कृतिक विविधता झल्काउने विविध जातजातिको कला-संस्कृति प्रस्तुत गर्ने झाँकी प्रदर्शन गर्ने पार्टीले जनाएको छ ।

उद्घाटन समारोहमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायत १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिएका छन् ।

आइतबार र सोमबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

यहाँ हामी उद्घाटनसत्रको live Update गर्नेछौंः

Live Updates

२५ ताजा अपडेट
21 seconds ago, 14:14:11
सरकार असंवैधानिक भन्दै एमालेलाई जनमोर्चाको शुभकामना
  • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपा एमालेको ११औं महाधिवेशनले सही नेतृत्व चयनमा भूमिका खेलोस् भनेर शुभकामना दिएका छन्।
  • भट्टले जेनजी आन्दोलनपछि सरकार अपदस्त र प्रतिनिधिसभा विघटन भएको भन्दै वर्तमान सरकार गठनलाई असंवैधानिक भनेका छन्।
  • उनले एमालेको महाधिवेशनले राजनीतिक कमजोरी र जनजिविकाको सवाल सम्बोधन गर्न समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
8 minutes ago, 14:06:42
२३ र २४ भदौको घटनामा ओलीलाई जिम्मेवार देखाउने दुष्प्रयास गरियो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौको घटनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन् ।

‘…केपी शर्मा अ‍ोलीका विरुद्धमा जुन प्रकारले प्रचारबाजी गरियो । एक प्रकारले भन्ने हो भने, २३ र २४ भदौको घटनामा हाम्रो पार्टीका अध्यक्षलाई जिम्मेवारको रूपमा चित्रण गर्ने दुष्प्रयास गरियो,’ उनले भने ।

9 minutes ago, 14:05:25
मनोनीत प्रतिनिधिको सूचीमा ईश्वर पोखरेलको असहमति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनोनीत प्रतिनिधिहरूमा आफ्नो असहमति राखेका छन् ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधिहरू मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, शनिबार उद्घाटन सत्र सुरु हुनुअघि प्रकाशित नामावलीमा पोखरेलले आपत्ति जनाएका हुन् ।

10 minutes ago, 14:04:46
एमाले महाधिवेशनमा को को पुगे प्रमुख दलका नेताहरू ?

उद्घाटन कार्यक्रममा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पुगेका छन् ।

13 minutes ago, 14:01:51
रास्वपा महामन्त्री बुर्लाकोटी महाधिवेशनस्थलमा

रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटी नेकपा एमालेको महाधिवेशनमा शुभकामना दिन पुगेका छन् ।

15 minutes ago, 13:59:55
महाधिवेशन चलिरहँदा एमाले नेता रास्वपा प्रवेश

भक्तपुरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा एमाले रुपन्देही सचिव एवं पूर्व मेयर चित्र कार्की रास्वपामा प्रवेश गरेका छन् । कार्कीले एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय काम गरेका थिए ।

 

21 minutes ago, 13:53:33
देव गुरुङ पुगे एमाले महाधिवेशन स्थल

नेकपा एमालेको ११औं महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङ पुगेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष बसन्त कुसवाहा पनि अतिथिका रूपमा एमाले महाधिवेशन स्थलमा पुगेका छन् ।

34 minutes ago, 13:40:44
महाधिवेशन उद्घाटन गर्दै केपी शर्मा ओली

एमाले अध्यक्ष केपी ओलीले पार्टीको ११औं महाधिवेशनको उद्घाटन गर्दैछन् । सञ्चालक प्रदीप ज्ञवालीले उद्घाटन प्रविधिमैत्री हुने बताएका छन् ।

ओलीले रिमोटबाट कम्युनिस्ट झन्डा फर्फराएर महाधिवेशन उद्घाटन गरेका छन् ।

37 minutes ago, 13:37:08
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमालेको महाधिवेशन स्थलमा पुगेका छन् ।

यस्तै, जनमोर्चा महासचिव मनोज भट्ट पनि त्यहाँ पुगेका छन् ।

 

39 minutes ago, 13:35:07
एमाले महाधिवेशन : मनमोहनजस्ता देखिने बिसी, ह्वीलचियरबाटै क्लस्टर खोज्दैछन् गौतम

भीडमा देशभरका विभिन्न कुनाबाट आएका पार्टीका शुभचिन्तक, प्रतिनिधिदेखि लामो बुढेसकालसम्म एमालेकै राजनीतिमा रमाएकाहरूसम्म भेटिन्छन् ।

43 minutes ago, 13:31:32
एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

२७ मंसिर, काठमाडौं । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन् ।

एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।

उनले भने, \'न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ । धरहरा हामीले नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं ।\'

उनले धरहरा नवनिर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए ।

उनले थपे, \'हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं ।\'

44 minutes ago, 13:30:28
महाधिवेशन स्थलमा पुगे ओली, शंकर पोखरेल स्वागत गर्दै

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसकेका छन् । ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरे ।

48 minutes ago, 13:26:09
भदौ २३ गते घुसपैठियाहरूबाट युवाहरू मारिए - प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भदौ २३ गते घुसपैठियाहरूबाट जेनजी युवाहरू मारिएको जिकिर गरेका छन् ।

नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन सत्रमा उनले उक्त कुरा बताएका हुन् ।

52 minutes ago, 13:22:35
विप्लव पुगे एमाले महाधिवेशनमा

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रमा पुगेका छन् । उनी त्यहाँ पुगेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

53 minutes ago, 13:21:47
सुरु भयो एमाले महाधिवेशन, राष्ट्रगानपछि अन्तर्राष्ट्रिय गीत

नेकपा एमालेको ११औं महाधिवेशन सुरु भएको छ । कार्यक्रम सञ्चालक उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय गान र अन्तर्राष्ट्रिय गीत गायनका लागि आह्वान गरेका छन् ।

राष्ट्रिय गान गाइए पनि अन्तर्राष्ट्रिय गीत बजेन । प्राविधिक समस्या रहेको कार्यक्रम सञ्चालकले जानकारी दिएका छन् ।

55 minutes ago, 13:19:35
कस्तो छ सुरक्षा व्यवस्था ?

एमाले महाधिवेशन स्थलमा दुई हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले आज बिहान जाँच गरेको जानकारी दिँदै सुरक्षा व्यवस्थालाई कडा पारिएको प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका छन् ।

उनले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सुक्ष्म जाँच गरेको जानकारी दिँदै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिए ।

सुरक्षाको व्यवस्थामा कुनै कमी नरहने गरी व्यवस्थापन गरेको जानकारी दिँदै उनले सिसी क्यामराबाट निगरानी गर्ने टोलीसमेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताए ।

सभास्थलका साथै र्‍याली आउने स्थल, सडक, पार्किङस्थललगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिए । कार्यक्रमस्थलमा कहिकतै शङ्कास्पद गतिविधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरी तयारी गरेको उनले जानकारी दिए । रासस

59 minutes ago, 13:15:04
महाधिवेशनस्थलमा यस्तो छ पार्किङको व्यवस्था

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारीसाधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्डयन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ । गठ्ठाघर र जगातीबाट भव्य र्‍याली कार्यक्रमस्थल आउने गरि व्यवस्था गरिएको जानकारी दिएको छ ।

1 hour ago, 13:09:41
एमाले महाधिवेशनमा ५० भन्दा बढी सिसी क्यामरा

एमालेको ११औं महाधिवेशन उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० भन्दा बढी सिसी क्यामरा जडान गरिएको छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसको निगरानी एमालेको एक युवा टोली र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिए ।

1 hour ago, 13:07:31
जुलुसमा महाधिवेशन प्रतिनिधि

1 hour ago, 13:05:48
अनेरास्ववियु अध्यक्षबाट हटाइएका कडरिया मनोनितमा परे

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षबाट हटेका सुजन कडरिया एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेका छन् ।

उनलाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो । कडरियासहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन् ।

1 hour ago, 13:03:13
जिल्ला र प्रदेशबाट रोकिएका तिमिल्सिना केन्द्रबाट मनोनित

[caption id=\"attachment_841678\" align=\"alignnone\" width=\"900\"]  [/caption]

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।

एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।

जिल्ला र प्रदेशमा उनी कसरी रोकिएका थिए ? त्यसपछि उनले के भनेका थिए ?

एमालेको महाधिवेशन प्रतिनिधि नै नभएका राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना के गर्दैछन् ?

‘अध्यक्षका दुवै उम्मेदवारले लिस्ट नबाँडून्, व्यक्तिगत रूपमै उम्मेदवार हुन दिऊन्’

1 hour ago, 12:55:48
यी हुन् एमालेका १०८ मनोनित सदस्यहरू

नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

1 hour ago, 12:53:34
सल्लाघारीमा एमालेको राजनीतिक उत्सव (तस्वीरहरू)

विभिन्न स्थानबाट र्‍याली तथा सांस्कृतिक प्रस्तुति सहित एमालेका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरू सल्लाघारी जाने क्रम जारी छ ।

थप तस्विरहरूका लागि यहाँ क्लिक गर्नुहोस् -
1 hour ago, 12:46:28
महाधिवेशन उद्घाटन स्थलमा राखियो २० हजार कुर्सीहरू

नेकपा एमालेको उद्घाटन स्थलमा २० हजार कुर्सी व्यवस्थापन गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापन प्रमुख विनोद श्रेष्ठका अनुसार उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा झण्डातोलन गरेर ११औं महाधिवेशनको उद्घाटन गरिँदैछ ।

( )

1 hour ago, 12:44:39
कस्तो छ एमाले महाधिवेशन उद्घाटन स्थलको अवस्था ?

नेकपा एमालेको ११औं महाधिवेशन सुरु हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा प्रतिनिधिहरु जाने क्रम जारी छ ।

विभिन्न क्षेत्रबाट प्रतिनिधिहरुसहितका र्‍यालीहरु महाधिवेशनस्थलतर्फ जाँदैछन् । केही प्रतिनिधि महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् ।

नेताहरू पनि सल्लाघारी पुग्ने क्रम जारी छ । अहिले विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?