२९ कात्तिक, काठमाडौं । पेरिस आक्रमणका अनुसन्धानकर्ताहरुले सात आत्मघाती आक्रमणकारी मध्ये एकको नाम सार्वजनिक गरेको छ ।
घटनास्थलमा भेटिएको एक औलाबाट २९ वर्षीय फ्रान्सेली नागरिक उमर इसमाइल मुस्तर्फइको पहिचान भएको अधिकारीहरुले बताएका छन् । उनी आक्रमणमा संलग्न भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति पेरिसमा भएको आतंकवादी आक्रमणमा १२९ जनाको मृत्यु भएको थियो ।
उमर इसमाइली आपराधिक पृष्ठभूमिका हुन् र इस्लामिक कट्टरपन्थी प्रवृत्तिका कारण उनको सेक्युररिटी फाइल पनि बनेको थियो ।
यस्तै घटनामा मारिएका एक आक्रमणकारीबाट सिरियाली पासपोर्ट भेटिएको छ । उनी गत महिना ग्रिस हुँदै गएको ग्रिस सरकारले बताएको छ ।
आक्रमणकारीहरु ग्रिसको बाटो भएर युरोप आएकोबारे अनुसन्धान भइरहेको छ ।
यो वर्ष पाँच लाखभन्दा बढी शरणार्थी र आप्रपासी टर्कीबाट गि्रस आएका थिए । जसमा थ्रुपै सिरियाली पनि छन् ।
पेरिस प्रहरी प्रमुख फ्रान्स्वा मोलिन्सका अनुसार आक्रमणकारीहरु कहाँबाट आए र यसका लागि कहाँबाट पैसा पाए भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।
उनका अनुसार बेल्जियममा पक्राउ परेका तीन जनाको सम्वन्ध पेरिस आक्रमणसँग छ ।
बेल्जियमका प्रधानमन्त्री चार्ल्स माइकलका अनुसार पक्राउ परेका मध्ये एक जना शुक्रबार साँझ पेरिसमा थिए ।
प्रहरीले आफ्नो ध्यान गाडीहरुमा केन्द्रीत गरेको छ । पुलिसले कन्सर्ट हलबाट एक गाडी पनि बरामद थरेको छ, बेल्जियमको रेजिस्ट्रेशन नम्बर छ ।
यो गाडी बेल्जियममा रहेका एक फ्रान्सेली नागरिकसँग थियो । पुलिसले अर्को गाडीको खोजी गरिरहेको छ, जुन दुई स्थानको आक्रमणमा प्रयोग भएको थियो ।
प्रतिक्रिया 4