८ माघ, काठमाडौं । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रहृयो । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाटि्रक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।
नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले कुल दुई गोल गरे ।
प्रतिक्रिया 4