१४ वैशाख, काठमाडौं । महिला राष्ट्रिय फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीको एपीएफले पूर्वाञ्चल क्षेत्रविरुद्ध गोलको वर्षा नै गरेको छ ।
मंगलबार भएको खेलमा एपीएफले पूर्वाञ्चललाई १५-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा सशस्त्र प्रहरीकी सविता भण्डारी एक्लैले दोहोरो हृयाट्रिकसँगै आठ गोल गरिन् । आठौं मिनेटमा नै गोलको खाता खोलिकी उनले ४४, ६०, ६४, ६७, ६९, ८१ र ८५ मिनेटमा गोल गरिन् ।
सजना रानाले हृयाट्रिक पुरा गरिन् । यसैगरी लक्ष्मी पुनले दुई गोल गरिन् भने अनु लामा र अनिता तामाङले एक एक गोल गरेकी छिन् ।
प्रतिक्रिया 4