+
+

थानेश्वरलाई जेलमुक्त गराउन आर्थिक संकलन गर्दै प्रवासी नेपाली

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ७ गते १०:२९

साउदी अरबको जेद्धाको धावन जेलमा बन्दी रहेका नवलपरासीका थानेश्वर भुसालको उद्धारका ब्लडमनी संकलन थालिएको छ ।

काठमाडौंको अनामनगरस्थित प्रवासी नेपाली समन्वय समितिले अन्तराष्ट्रियव्यापी चन्दा संकलन अभियान सुरू गरेको हो ।

साउदी अरबको जेद्धामा स्थापित नेपाली संघ–संस्था र श्रमिकहरूले पूर्ण कार्कीको संयोजकत्वमा साझा संयन्त्र बनाई चन्दा संकलन अभियानलाई ब्यापक बनाइरहेका छन् ।

अभियानलाई आदिवासी जनजाती महासंघ, क्षेत्रीय समिति जेद्धा, गैरआवासीय नेपाली संघ, क्षेत्रीय समिति जेद्धा, प्रवासी नेपाली मञ्च क्षेत्रीय समिति जेद्धा, नेपाली सेवा समाज जेद्धा, नेपाली युवा क्लब जेद्धा, तमुधी जेद्धा, नेपाल तामाङ घेदुङ साउदी अरब र नेपाली सेवा समिति यान्बुले संस्थागत रूपमै सहयोग गरिरहेका छन् ।

जेद्धाबाहेकका शहरहरू ताइफ, जिजान, ताबुक, रबिग, यान्बुलगायतका स्थानहरूबाट समेत स्वस्फूर्त सहयोग संकलन भइरहेको जानकारी संयोजक कार्कीले दिए ।

कार्कीका अनुसार, जेद्धावाट हालसम्म ४ लाख ९३ हजार ६५ रूपैंयाँ संकलन गरी थानेश्वर उद्धारका लागि खोलिएको अनामनगरस्थित ग्लोबल आर्इएमई बैंकको खातामा जम्मा भइसकेको छ । भुसाललाई जेलमुक्त गर्न अझै ४० लाख रूपैयाँ अर्थात १ लाख ३० हजार रियाल अपुग भएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?