+
+

‘ऐश्वर्य’ हेरेपछि भूवन र साम्राज्ञीले गरे दीपिकाको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १५ गते १०:५७


रिलिजको सुरुवाती ३ दिनमा २ करोड माथिको व्यापार गरेको चलचित्र ‘ऐश्वर्य’लाई दर्शकपछि चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मीले पनि रुचाएका छन् । यो चलचित्रको विशेष शो काठमाण्डौको सीटीसी मलमा रहेको सीने द सेफमा आयोजना गरिएको छ ।

मंगलबार बेलुकी आयोजना गरिएको विशेष शोमा नायक भूवन केसी, विराज भट्ट, नायिका भुवन चन्द, साम्राज्ञी राज्य लक्ष्मी शाह, रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्ऽ खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भिमार्जुन आचार्य, पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । चलचित्र हेरेपछि अधिकांश चलचित्रकर्मीले यसको मेकिङको उच्च प्रशंसा गरेका थिए ।

चलचित्र हेरेपछि नायक भूवन केसीले मेकिङ पक्ष बलियो रहेको बताउँदै भने-‘नायिका दीपिका प्रसाइको भविष्य मैले उज्ज्वल देखेको छु । यस्तै, प्रशान्त ताम्राकारको त म फ्यान नै भएँ । उहाँलाई त म ह्यान्डसम भिलेन भन्न चाहन्छु ।’ यस्तै, नायक विराज भट्टले पनि यो चलचित्रले नेपाली चलचित्रको स्तरलाई बढाएको बताए । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायिका दीपिका प्रसाइको कामको प्रशंसा गरिन् । उनले आफूलाई समग्रमा चलचित्र उत्कृष्ट लागेको समेत सुनाइन् । चलचित्र हेर्ने सबैले प्रशंसा गरेपछि यसका नायक तथा निर्माता रमेश उप्रेती पनि दंग देखिए ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी, दीपिका प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?