+
+

११ वर्षकै उमेरमा प्रेम ! परिवारले थाहा पाएपछि किशोरीको हत्या

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७५ वैशाख ७ गते ३:३७

६ वैशाख, बुटवल । बाल्यअवस्थामा नै हुने ‘प्रेम’ सम्वन्धका कारण एक किशोरीले ज्यान गुमाएकी छन् । हत्याको आरोपमा १८ वर्षका प्रेमसागर केवट पक्राउ परेका छन् ।

रुपन्देही ओमसतिया गाउापालिका ६ का केवटलले ओमसतियाकी १५ वर्षकी किशोरीको हत्या गरेका हुन् । किशोरी सोमबार घरबाट हराएकी थिइन् ।

खोजतलास गर्दा भोलिपल्ट विहान खाली खेलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केवटका अनुसार उनीहरुबीच ३/४ वर्ष पहिले चिनजान भएको थियो । तर, प्रेम सम्बन्धबारे केटीको परिवारले थाहा पाए । किशोरीले भागेर बिहे गर्ने प्रस्ताव राखिन् । आफूले उमेर नपुगेको र आफ्नो खट्टामा उभिन सक्ने अवस्था नभएका कारण अस्वीकार गरेको केवटले बताए ।

शनिबार भेटेका उनीहरु राति खेतमा नै बसेको र शारिरीक सम्वन्ध पनि राखेको खुल्न आएको छ ।

तर, बिहेका विषयमा विवाद हुादा किशोरीले ‘भगाउन सक्दैनौं भने मार’ भनेको र आफूले उनकै कपालले घााटी कसेर हत्या गरेको केवटले बयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको रुपन्देहीका प्रमुख एसपी श्याललाल ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?