+
+

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १:००

१६ वैशाख, बिराटनगर । तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो । र, शुक्रबार उनी मोरङ पुगेका थिए ।

आइतबार बयानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार उनको बयान चित्त बुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो ।

यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।

उनीहरुले साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेतीलाई खोज्दै धरान र बिराटनगरसम्म पुगेको बताउँदै आएका छन् ।

टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । उनीहरुलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

यो पनि पढ्नुस् 

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?