२० असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरले प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको बानेश्वरका ३१ वर्षीय अन्दिप महर्जन, कालोपुलका ३२ वर्षीय सुदिप बस्नेत र मकवानपुरको पालुङ्ग घर भइ ललितपुर धोबिघाट बस्दै आएका ४० वर्षीय सोम गोले छन् ।
उनीहरुलाई अवैध लागुऔषध फेनारगन एम्पल २ सय ३६ थान, डाईजापाम एम्पल १ सय ८७ थान, नुर्फिन १ सय ७७ थान गरी जम्मा ६०० थान एम्पलहरुसहित पक्राउ गरिएको ललितपुरका एसपी शेखर खनालले बताए ।
थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4