+
+

मोटरसाइकलको ट्याङ्कीमा ८ लाख भारु लुकाएर ल्याउँदै गर्दा एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १२:०४

२४ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकलको पेट्रोलको ट्याङ्कीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा अवैध भारू ८ लाख १ हजार दुई सयसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी, ग्राम सुगौली-११ का २८ वर्षीय अभिजितकुमार सर्राफ छन् ।

रक्सौलतर्फबाट वीरगञ्ज आउँदै गर्दा उनलाई विशेष सूचनाको आधारमा बीआर०५के ६४४४ नम्बरको पल्सर मोटरसाइकलमा हिँड्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनले मोटरसाइलको तेलको ट्याङ्कीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको बताइएको छ ।

पक्राउ परेका सर्राफलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?