९ साउन, काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइँदै गरेको खसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास हानिएको थियो । तर, अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत भएको थियो ।
‘अहिले त्यहाँ जिल्लाबाट थप प्रहरीको टोली समेत पुगेको जानकारी आएको छ’, उनले भने, ‘केही घाइते भएको समेत बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।’
प्रारम्भिक सूचना अनुसार खसीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4