+
+

बालिका लिएर भाग्दा भाग्दै स्थानीयले समाते अपहरणकारी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १२ गते १८:३४

१२ भदौ, विराटनगर । बालिका अपहरणमा संलग्नको आरोपमा प्रहरीले एक नेपालीभाषी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मोरङको उर्लाबारीबाट भारतको आसाम राज्यको तीनसुकिया जिल्ला अन्तर्गत ग्रोगाहा टोलका गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार उर्लाबारी ६ जनपथ टोलकी ४ वर्षकी बालिका दीपिका घिमिरेलाई अपहरण गरेको आरोपमा कार्की पक्राउ परेका हुन् ।

सोमबार साँझ घरनजिकै खेलिरहेकी दीपिकालाई कार्कीले बोकेर लगेका थिए । करिब २ सय मिटर टाढाबाट दीपिकालाई स्थानीय र आफन्तले नियन्त्रणमा लिएका थिए ।

प्रहरीका अनुसार साथीहरुसंग खेलिरहेकी दीपिकालाई कार्कीले एक्कासी आएर आफ्नो भाञ्जी भन्दै बोकेर लगेपछि उनका साथीहरुले दीपिकाको परिवारलाई खबर गरेका थिए ।

तत्काल दीपिकालाई खोजी गर्ने क्रममा करिव २ सय मिटर पर कार्कीले दीपिकालाई बोकेर लगिरहेको अवस्थामा स्थानीय र आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरी निरीक्षक तिम्सिनाका अनुसार उनलाई अपहरण मुद्धा चलाइएको छ । उनको विषयमा थप अनुसन्धानसमेत भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?