२९ भदौ, काठमाडौं । डेढ वर्षअघि ठेकेदार रमेशकुमार कुँवरलाई चक्रपथस्थित इन्द्रणी फास्टफुड अगाडिबाट अपहरण गर्ने गिरोहका नाइके डेढ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुली घर भइ हाल रातोपुल बस्दै आएका ३६ वर्षीय पुष्पराज श्रेष्ठ छन् ।
उनको मुख्य योजनामा भोजुरका नविनकुमार राई, दाङका कोमानन्द खड्का, सरु केसी भनिने आषिका परियार, रामेछापका कुविन थापा भनिने कोलबहादुर थापा मगर र नुवाकोटका सुक्रराज तामाङ लगायतको मिलेमतोमा अपहरण गरिएको खुलेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई पनि विभिन्न स्थानबाट पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरुले कुँवरलाइ ृअपहरण गरी गणेशबस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेर बन्ध बनाएका थिए ।
‘त्यहाँ हतियार देखाउँदै हतकडी लगाइदिए उनीहरुले नगद ५० हजार, सुन र हिरा जडित औंठी, मोबाइल, कुलबहादुर थापाको नाममा ११ लाख रुपैयाँ चेक लिएका थिए’, उप्रेतीले थपे ।
ठेकेदार धम्क्याउँदा समातिए
श्रेष्ठले ओखलढुंगाको सिद्धिचरण–४, घर भइ काठमाडौं–४, धुम्बाराही बस्ने रामबहादुर कटुवाललाई घर बनाउने ठेक्का दिएका थिए । तर, घरको सम्पूर्ण निर्माण प्रक्रिया पूरा भइरसकेपछि बाँकी रहेको रकम माग्दा उनले दिएनन् ।
बरु उल्टै गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिन थाले । अन्ततः कटुवालले महाशाखामा सार्वज्निक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर बमोजित कारबाहीको माग गर्दै जाहेरी दिए ।
उनको जोहेरीबाट २६ भदौमा उनी पक्राउ परेका हुन् । जुन घटनाको पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
प्रतिक्रिया 4