+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

शरद गौचन हत्या प्रकरण : मुख्य सुटरसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १५:५२

१२ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न एक मुख्य सुटरसहित ३ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरी नेपाल ल्याएको हो । पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् ।

लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा समेत सुटरकाे रूपमा संलग्न थिए ।

यद्यपि, महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने उनीहरुलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको दाबी गरेका छन् ।

गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा गुण्डा नाइके दावा लामामाथि भएको गोली प्रहारमा पनि संलग्न भएको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । गौचन हत्यामा संलग्नको आरोपमा यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् ।

गौचनकाे काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?