+
+

अमेरिका उडे अनमोल, भन्छन्–‘मसँग कथा र नायिका राम्रो भएन भन्ने अधिकार छैन’

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १२:००

चलचित्र ‘ए मेरो हजुर ३’को छायांकनका लागि नायक अनमोल केसी अमेरिका उडेका छन् । चलचित्रकी निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नायिका सुहाना थापा केही दिन अगाडि नै अमेरिका पुगिसकेका थिए । चलचित्रको एउटा गीत र केही दृश्यको छायांकनका लागि आफू अमेरिका उडेको अनमोलले बताएका छन् ।

अमेरिका उड्नु अगाडि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अनमोलले बजारमा चलेका विभिन्न खबरको जवाफ दिए । उनले चलचित्र ‘ब्याचलर बन्टी’ छाड्नुको कारण आफ्नो भूमिका चित्त नवुझेर भन्ने जवाफ दिए । उनले, कथा र नायिका मन नपरेर चलचित्र छाडेको भन्ने कुरालाई अस्विकार गरे । अनमोलले भने–‘मैले कसैको कथा र कुनै नयाँ कलाकारमाथि औला उठाउन मिल्दैन र मैले त्यस्तो भनेको पनि छैन । मलाई आफ्नो भूमिका मन परेन, यसैले सहमतीमै यो चलचित्र छाडेको हुँ ।’

उनले, यो भूमिकामा चलचित्र क्षेत्रमा चलेका प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँ जसले काम गरेपनि त्यो राम्रो हुने खुलाए । यस्तै, नायिका सुहाना थापाको बारेमा अनमोलले भने–‘उनी चलचित्र क्षेत्रमा केही गरौं भनेर आएकी छिन् । म उनको करिअर सुन्दर देख्छु । मैले उसँग काम गर्दा सुरुवातमा सोचेको पनि थिइन कि, उनमा यति धेरै खुबी छ । झरना दिदीले उनलाई निकै कुरा सिकाएर यो क्षेत्रमा ल्याउनु भएको छ ।’

अनमोलले आफू प्रेममा नरहेको समेत स्पष्ट पारे । अनमोलले भने–‘म अहिले सिंगल नै छु । अहिले नै प्रेममा पर्ने समय भएको छैन । पहिले म मेरो करिअर र जीवनलाई एउटा तहमा पुर्याउन चाहन्छु ।’ अनमोल अमेरिकामा २ साता बस्नेछन् । उनले, आफूलाई एक्लै घुम्न पनि रमाइलो लाग्ने खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?