११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले दोस्रो विकेट गुमाएको छ ।
युएईले दोस्रो विकेटको रुपमा चिराग सुरीलाई चार रनमा गुमाएको हो । सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
योसँगै युएईको पाँच ओभरको समाप्तिमा दुई विकेट गुमाएर १३ रन भएको छ ।
यसअघि युएईका ओपनर अष्फाक अहमद पाँच रनमा आउट भएका थिए । नेपालका लागि करण केसीले १.५ ओभरमा विकेट लिन सफल भएका थिए । योसँगै युएईको दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर पाँच रन भएको छ ।
यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।