Comments Add Comment

निर्मलाको ‘भजाइनल स्वाब’ सँग आमाको डीएनए मिल्यो

१४ माघ, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ ।

पन्तको शवबाट निकालिएको भनिएको भनाइजल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमुना समेत दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले ‘भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

यो पनि पढ्नुहोस निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरे ।

अब आमाको रगतबाट निकालिएको डीएनए र स्वाबबाट निकालिएको डीएनए म्याच भएसँगै अब यसमा प्रश्न उठाउनु कुनै औचित्य नभएको प्रहरीले दाबी गरेको छ ।

मानवअधिकार आयोगले बनाएको छानविन समितिले भने डीएनए टेष्टबाट अभियुक्त पत्ता लाग्न नसक्ने निष्कर्ष निकालेको थियो । (मानवअधिकार आयोगको रिपोर्ट : निर्मलाको भजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment