+

ब्याटिङ गर्दागर्दै क्रिकेटरको मृत्यु

२०७५ चैत  ७ गते ७:५३ २०७५ चैत ७ गते ७:५३
ब्याटिङ गर्दागर्दै क्रिकेटरको मृत्यु

७ चैत, काठमाडौं । भारतमा एक क्रिकेट खेलाडीको ब्याटिङ गर्दागर्दै मृत्यु भएको छ । बुधबार कलकत्तामा अभ्यास गरिरहेका बेला २२ वर्षीय सोनु यादवको मृत्यु भएको हो ।

ब्याटिङ गर्ने क्रममा उनी एक्कासी भुइँमा लडेको र अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

सोनु यादव सेकेन्ड डिभिजनका खेलाडी थिए । खेल्दाखेल्दै उनको स्वास्थ्य बिगि्रएको थियो । साथीहरुले उनलाई आराम गर्न भनेका थिए । तर पनि उनको स्वास्थ्य झन् जटिल हुँदै गयो । त्यसपछि सोनुलाई सुरुमा क्रिकेट एसोसिएशन अफ बंगालको मेडिकल युनिटमा लगियो । त्यहाँबाट उनलाई एसएसकेएम अस्पताल पठाइयो, त्यहाँका डाक्टरहरुले उनलाई मृत घोषणा गरे ।

सोनुको मृत्युको कारण खुलेको छैन ।

क्लबका अधिकारी श्यामल बनर्जीले भनेका छन्- मलाई सोनु हामीमाझ नरहेको मलाई विश्वास लागिरहेको छैन । उनी निकै प्रतिभाशाली क्रिकेट खेलाडी थिए । मैले दिउँसो उनको निधनको खबर थाहा पाएँ । उनी आफ्ना साथीहरुसँग खेलिरहेका थिए, क्लबको त कुनै म्याच थिएन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय