Comments Add Comment

विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो नेपालमा लगानी गर्ने उपयुक्त समय भएको बताएकी छन् । ‘लगानीका लागि यो नै उपयुक्त समय हो, किनकी अहिले स्थिर सरकार छ यो नै हाम्रा लागि ठूलो कुरा हो’, उनले भनिन् ।

लगानी सम्मेलन अन्तर्गत नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान सत्रमा उनले दुई दशक लामो राजनीतिक अस्थिरतापछि नेपालले स्थिर सरकार पाएको भन्दै अब लगानी गर्न उपयुक्त वातावरण बनेको बताइन् ।

नेपाल विकासोन्मुख राष्ट्र भएकाले पनि नयाँ लगानीकर्तालाई अवसर रहेको उनको भनाइ छ । नेपाल विकासोन्मुख मुलुक हो त्यसैले पनि यहाँ सम्भावना र अवसरहरु धेरै छन्, तपाईं विकसित देशमा जानु भयो निकै मुश्किलले अवसर पाउनु हुनेछ’, उनले भनिन् ।

नेपालमा सरकारले ठूला पूर्वाधारमा लगानी बढाउन चाहेको भन्दै उनले रेल्वे, सडक, अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत, सूचना प्रविधि क्षेत्रमा लगानीको अवसर रहको बताइन् । श्रममा गर्ने युवा जनशक्ति धेरै भएकाले पनि विकासमा जुट्न गाह्रो नपर्ने उनको भनाइ छ ।

नेपाल मेडिकल हब बन्दै गएको भन्दै उनले कृषि क्षेत्रका लागि अनुकूल मौसम रहेकोे उनले बताइन् । ठूलो अर्थतन्त्र भएका चीन र भारत जस्ता दुई राष्ट्रबीच रहेकाले पनि नेपालमा लगानीको जोखिम नहुने तर्क थियो ।

‘भारतसँग हाम्रो विशेष व्यापार सम्झौता छ, जीरो ट्यारिफमै निर्यात गर्न सक्छौं, सहजै हामीले भारतीय बजार पाउन सक्छौं, चीनसँग पनि त्यस्तै सम्झौता छ’, उनले भनिन् ।

वैदेशिक लगानीसम्बन्धी ऐन, साझेदारीमा लगानी सम्बन्धी ऐन पनि संशोधन गरेर सहज बनिसकेको उनको भनाइ छ ।नेपाल भर्खरै संघीयतामा गएको भन्दै उनले प्रदेश र स्थानीयस्तरमा पनि थुप्रै अवसर र सम्भावना रहेको बताइन् ।

नीतिगत रुपमा धेरै सुधार भएकाले अब नेपालमा लगानी गर्न डराउनु नपर्ने बताएकी छन् । ‘म सबै सहभागीलाई पुनः आग्रह गर्न चाहन्छु यो नै नेपालमा लगानी गर्ने उचित समय हाे’, उनले भनिन् ।

यो पनि पढ्नुहोस लगानी सम्मेलनः १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता यो पनि पढ्नुहोस चौधरी ग्रुपले टेलिकम, सोलार र लजिस्टिकमा ३ विदेशी कम्पनी भित्र्याउने यो पनि पढ्नुहोस सिमरा सेज पीपीपी मोडेलमा बन्ने, आईएफसीसँग भयो एमओयू यो पनि पढ्नुहोस लगानीकर्तालाई सिंहदरवार बोलाएर उर्जामन्त्रीले भने : ढुक्क भएर लगानी गर्नुस् यो पनि पढ्नुहोस कालीगण्डकीमा बन्ने १६४ मेगावाटको आयोजनामा चिनियाँ लगानी यो पनि पढ्नुहोस पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने गैरआवासीय नेपालीको प्रतिवद्धता यो पनि पढ्नुहोस ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुट्यो यो पनि पढ्नुहोस नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा यो पनि पढ्नुहोस डाबर र नेस्ट्लेका प्रतिनिधिले भने- लगानीका लागि नेपाल उपयुक्त थलो यो पनि पढ्नुहोस  भारतीय मुथुट ग्रुपले ल्यायो ४० करोड लगानी यो पनि पढ्नुहोस केरुङ–काठमाडौं रेलमार्गको डीपीआर ६ महिनाभित्रै : मन्त्री महासेठ यो पनि पढ्नुहोस विकसित देशमा मुश्किलले, नेपालमा सजिलै लगानी अवसर : भवानी राणा यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई परिसंघ अध्यक्षको प्रस्ताव : साझेदारीमा लगानी गरौं यो पनि पढ्नुहोस भारतीय व्यापारीले भने– नेपालको कानून लगानी अनुकूल यो पनि पढ्नुहोस नेपालको सरकार र कर्मचारी एकदमै सहज : उपेन्द्र महताे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment