+

उपाधिका लागि नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य

२०७६ वैशाख  १५ गते ११:५८ २०७६ वैशाख १५ गते ११:५८
उपाधिका लागि नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य

१५ वैशाख, काठमाडौं । नेपालले एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेसिया समक्ष १४१ रनको लक्ष्य दिएको छ ।

थाइल्यान्डमा जारी फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाएपछि मलेसियाले सामान्य चुनौती पाएको हो ।

नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए । त्यस्तै, दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

मलेयिालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल यो पटक पनि उपाधि आफ्नै कब्जामा राख्ने लक्ष्यमा छ । यता, मलेसिया पनि नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय