२३ वैशाख, काठमाडौं । सावित्रा भण्डारीको चार गोलमा सेथु एफसीले भारतमा जारी इन्डियन महिला फुटबल लिगमा मनिपुर पुलिस स्पोर्टस् क्लबलाई ६–४ गोलअन्तरले पराजित गरेको छ ।
गुरु नानक रंगशालामा भएको खेलमा सेथु एफसीले मनिपुर पुलिस स्पोर्टस् क्लबलाई सहजरुपमा पराजित गरेको हो । सावित्राले खेलको २९ सेकेन्डमै गोल गर्दै सेथु एफसीलाई अग्रता दिलाएकी थिइन् । सावित्राको यो गोल टाइमिङ जारी इन्डियन महिला फुटबल लिगको सबैभन्दा छिटो गोल हो ।
खेलको १६औं मिनेटमा अर्को गोल थप्दै सावित्राले ब्यक्तिगत दोस्रो गोल गरिन् । खेलको ३४औं मिनेटमा सावित्राले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्दै सावित्राले चार गोल गरिन् । पहिलो हाफसम्ममा सेथु एफसीले मनिपुरविरुद्ध ४–२ गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा थप दुई गोल गर्दा सेथुले दुई गोल गनै खान पुगेको थियो । खेलमा चार गोल गरेकी सावित्रा प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतिक्रिया 4