+

प्रिमियर लिगमा सिटीको शानदार सुरुवात

२०७६ साउन  २५ गते १९:३८ २०७६ साउन २५ गते १९:३८
प्रिमियर लिगमा सिटीको शानदार सुरुवात

काठमाडौं । राहम स्टर्लिङको हृयाटि्रकसँगै म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा सिटीले वेष्टहामलाई ५-० गोल अन्तरले हराएको हो । वेष्टहामको घरेलु मैदानमा भएको खेलमा सिटीले २५ औं मिनेटमा गाबि्रयल जेसिसको गोलबाट अग्रता लिएको थियो ।

बाँकी चार गोल भने दोस्रो हाफमा भयो । ५१ र ७५ औं मिनेटमा पहिलेा खेल गरेका स्टर्लिङले इन्जुरी टाइममा हृयाटि्रक पुरा गरेका थिए । त्यसअघि सर्जिओ एग्युरोले पेनाल्टी गोल गरेका थिए ।

खेलका क्रममा भीएआरको निकै प्रयोग भएको थियो । दोस्रो हाफमा जब जेसिसले सिटीका लागि ३-० को अग्रता दिलाएका थिए, भीएआरको प्रयोग गरेर स्टर्लिङ अफसाइड रहेको खुल्यो ।

सम्भावित अफसाइड भीएआरमा हेरिएको थियो, जतिबेला सिटीलाई पेनाल्टी दिइएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय