+
+

श्री एयरलाइन्सले बनारसमा अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १८:५०

२६ साउन, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो ।

सरकारले श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिन बाँकी छ । त्यसैको प्रक्रियाका क्रममा श्रीले सोमबार बनारसमा परीक्षण उडान गर्न लागेको एयरलाइन्समा महाप्रवन्धक अनिल मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

‘नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुसहित भोलि दिउँसो २ बजे बनारसमा परीक्षण उडान भर्दैछौं,’ उनले भने,’आशा छ कि भविष्यमा नियमित उडानमा लागि पनि अनुमति पाउँछौं ।’

श्री एयरलाइन्सले ५० सिटको जेट विमानमार्फत बनारासमा उडान भर्न लागेको हो । यसअघि हिमालय र बुद्ध एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको अनुमति पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?