
चलचित्र ‘रामकहानी’ औषत चलेपछि नायिका पूजा शर्माका लागि रिलिज हुन लागेका चलचित्रहरु चल्न आवश्यक छ । तर, सधै निर्देशक सुदर्शन थापाको चलचित्रमा काम गरिरहेकी पूजा अहिले भने बाहिरी ब्यानरमा पनि आकर्षित छिन् ।
पूजाले यो बर्षको सुरुवातसँगै विश्राम लिएकी छैनन् ।
उनी, एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । लण्डनमा करिब दुई महिना चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन गरेकी पूजाले यसपछि चलचित्र ‘पोई पर्यो काले’मा काम गरिन् । यो चलचित्रमा काम गरेसँगै उनले नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’को काम सुरु गरिसकेकी छिन् ।
उनले, यो चलचित्रको छायांकन सकेसँगै दार्जिलिङका एक निर्माताले बनाउन लागेको चलचित्रमा काम गर्दैछिन् । यसरी हेर्दा पूजाले एकपछि अर्को ४ वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजालाई अर्का एक निर्माताले पनि चलचित्रका लागि अफर गरेका थिए । तर, निरन्तर चलचित्रमा काम गरेको भन्दै उनले उक्त प्रोजेक्ट भने गरिनन् ।
पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ ।
प्रतिक्रिया 4