+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुर्खेतमा नेपाली सेनाको एयरवेश

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १७:१९

१७ भदौ, काठमाडौं । नेपाली सेनाले पश्चिम क्षेत्रका लागि लक्षित गरेर सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याएको छ ।

काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारबाट सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले एयरवेश सञ्चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गरेका छन् ।

वेशमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एम आई-१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ रहने पाण्डेले बताए ।

‘आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेण्ड लाइन मेन्टेनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ’, सहायक रथी पाण्डेले भने, ‘वेशले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटो, छरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?