Comments Add Comment

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एसेज सिरिज ‘ड्र’

Photo Credit : आईसीसी

३० भदौ, काठमाडौं । अन्तिम टेष्ट क्रिकेटमा इंग्ल्यान्डले अष्ट्रेलियालाई १३५ रनले पराजित गरेसँगै पाँच खेलको एसेज सिरिज २-२ को बराबरीमा सकिएको छ ।

लण्डनमा भएको अन्तिम टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियालाई सहज रुपमा पराजित गर्न सफल भयो । अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । तर अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६३ रन मात्रै बनाउन सकेपछि सिरिज बराबरीमा टुंग्याएको हो ।

अष्ट्रेलियाका लागि माथेव वाडले ११७ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा २२५ रन बनाएको थियो । पहिलो पारीमा स्टेभ स्मिथले ८० रन बनाएका थिए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो पारीमा २९४ रन बनाएको थियो । त्यस्तै, दोस्रो पारीमा ३२९ रन बनाएपछि इंग्ल्यान्डले अष्ट्रेलियालाई ३९९ रनको लक्ष्य दिएको थियो ।

पाँच खेलको एसेज सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले २५१ रनले जित हात पारेको थियो । तर दोस्रो खेल भने बराबरीमा सकिएको थियो । तेस्रो खेल इंग्ल्यान्डले एक विकेटले जित हात पार्दा चौथो टेष्ट खेलमा भने अष्ट्रेलियाले १८५ रनको जित हात पारेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment