+

ग्रिजम्यान, मेस्सी र स्वरेज तीनै जनाले गोल गरे

२०७६ कात्तिक  २ गते १८:४७ २०७६ कात्तिक २ गते १८:४७
ग्रिजम्यान, मेस्सी र स्वरेज तीनै जनाले गोल गरे

काठमाडौं । ट्रिओ एमएसजीको गोलसँगै बार्सिलोनाले ला लिगामा एइबरमाथि सहज जित हात पारेको छ । र लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले एइबरमाथि ३-० को जित हात पारेको हो । बार्सिलोनाका तीन स्ट्राकइर एन्टोन ग्रिजम्यान, लिओनल मेस्सी र लुइस स्वरेजले गोल गरे ।

एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १३ औं मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता लिएको गियो । दोस्रो हाफको ५८ औं मिनेटमा मेस्सीले गोल गरे । उनलाई ग्रिजम्यानले पास दिएका थिए ।

खेलको ६६ औं मिनेटमा स्वरेजले गोल गरे । विपक्षी गोलरक्षकसँग वान भर्सेस वानको अवस्थामा रहेका मेस्सीले सेल्फलेस खेल देखाउँदै स्वरेजलाई पास दिएका थिए ।

जितसँगै बार्सिलोना ९ खेलबाट १९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने १८ अंकका साथ दोस्रो स्थानमा रहेको रियल मडि्रडले एक खेल कम खेलेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय