+

च्याम्पियन्स लिगमा लिभरपुलको जित

२०७६ कात्तिक  २० गते ७:३० २०७६ कात्तिक २० गते ७:३०
च्याम्पियन्स लिगमा लिभरपुलको जित

२० कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले केआरसी जिंकलाई २–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरे । यता, जिंकका लागि एमवना समटाले गोल गरे ।

खेलको १४ औं मिनेटमा नै जर्जिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ४० औं मिनेटमा समटाले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र जिंकले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ५३ औं मिनेटमा एलेक्सले गोल गर्दै लिभरपुललाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा लिभरपुलले जिंकलाई रोक्दै २–१ गोलको जित हात पारेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय