+

सचिन तेन्दुलकरले कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै

२०७६ कात्तिक  ३० गते ८:०९ २०७६ कात्तिक ३० गते ८:०९
सचिन तेन्दुलकरले कीर्तिपुरमा बालबालिकासँग क्रिकेट खेल्दै

३० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ) का सद्भावना दूतसमेत रहेका भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले शनिबार कीर्तिपुरमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् ।

शुक्रबार राति काठमाडौं आइपुगेका सचिनले बालबालिकाहरुको एउटा टीमको नेतृत्व गर्नेछन् भने अर्को टीमको नेतृत्व नेपाली क्रिकेटर विनोद दासले गर्ने कार्यक्रम छ ।

बाल अधिकारको प्रवद्र्धनका लागि कीर्तिपुरमा बालवालिकासँग १० ओभरको मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको वाल अधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा नोभेम्बर १५ को दिन पारेर युनिसेफका सदभावना दूत तेन्दुलकर नेपाल आइपुगेका हुन् ।
हरेक वालवालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ भन्ने नाराका साथ मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार राति ११ बजे काठमाडौं विमानस्थलमा ओर्लिएका तेन्दुलकरले आफू नेपाल आउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

तेन्दुलकर अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान राख्न सफल भारतका चर्चित क्रिकेटर हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय