+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

‘चपली हाइट ३’को शुभमुहुर्त, स्वस्तिमा भन्छिन्–‘अझै दोधारमा छु’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३ गते १३:१८

मंसिर ५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

चलचित्रको शुभसाइत समारोहमा नायिका खड्काले भनिन्–‘चलचित्रको छायांकन सुरु नभएकाले पनि म अझै मेरो भूमिकालाई लिएर दोधारमा छु । म कुनै भूमिकामा पुरै प्रवेश त गर्दिनँ । मेरो दिमागमा मैले पाएको भूमिकालाई यसरी गर्ने भन्ने त छ । तर, छायांकनमा गएपछि त्यसले गती लिन्छ होला ।’

सस्पेन्स थ्रीलर कथामा बन्ने चलचित्रमा आफू सोझी यूवतीको भूमिकामा देखिन लागेको स्वस्तिमा बताउँछिन् । यस्तै, अर्की नायिका सुपुष्पा भट्टले आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताइन् । निर्माता अर्जुन कुमारले सबैको साथ र सहयोगका कारण चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त रहेको सुनाए ।

‘चपली हाइट’का दुई सिरिज चर्चामा रहेका थिए । यसपटकको सिरिजको कथा बलियो भएर नै आफूले साइन गरेको स्वस्तिमाको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?