Comments Add Comment

पौडीमा गौरिकाको कीर्तिमान, डुवानाको दोहोरो रजत (फोटो फिचर)

चौथो दिन नेपाललाई १ स्वर्ण २ रजत

२२ मंसिर, काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को एउटै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएको दिन नेपालले पौडीमा ३ पदक जितेको छ ।

आइतबार १३ औं साग अन्तर्गत गौरिकाले पौडी ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै एउटै संस्करणमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पूरा गरिन् ।

आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सीमित भइन् । यस स्पर्धामा भारती मन्ना राजिव पटेलले स्वर्ण जितिन् । पटेलले २८.९४ सेकेण्डमा निधारित दूरी पूरा गर्दा गौरिकाले २९.७८ समयमा दूरी पूरा गरिन् ।

तीन स्वर्ण जित्ने पहिलो नेपाली

गौरिका एउटै सागमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । १३ औं सागमै करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेपनि गौरिकाले उनीहरुलाई पछि पार्दै ३ स्वर्ण जितेर कीर्तिमान बनाइन् ।

उनले पहिलो दिन २०० मिटर फ्री स्टाइल र दोस्रो दिन २०० ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । १०० मिटर ब्याकस्ट्रोकमा भने उनले रजत मात्र जितिन् । यस्तै ४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । यससँगै १३औं सागमा गौरिकाको  तीन स्वर्ण, दुई रजत र एक कास्य भएको छ ।

डुआनाको दोस्रो रजत

गौरिकाले दुई पदक जितेको दिन अर्की नेपाली खेलाडी डुआना लामाले रजत जितिन् । १३ औं सागमा उनको यो दोस्रो रजत हो ।

डुआनाले आइतवार २०० मिटर बटरफ्लाइमा उनले रजत जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन् । यो स्पर्धामा भारतकी अपेक्षा डेलालीले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी २ मिनेट २१.८३ सेकेण्डमा परा गरिन् ।

तस्वीरहरु  : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment