+

सालाहको दुई गोलसँगै लिभरपुल विजयी

२०७६ मंसिर  २८ गते २०:४४ २०७६ मंसिर २८ गते २०:४४
सालाहको दुई गोलसँगै लिभरपुल विजयी

काठमाडौं । मोहम्मद सालाहले दुई गोलसँगै लिभरपुले वाटफोर्डलाई हराएको छ र, प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ ।

शनिबार भएको खेलमा लिभरपुलले घरेलु मैदान एन्फिल्डमा वाटफोर्डलाई २-० ले पराजित गरेको हो । जितसँगै लिभरपुलको यो जित अपराजित यात्रा १७ खेलमा पुगेको छ भने लिगमा दोस्रो स्थानको लेस्टरसँग ११ अंकको दूरी बनाएको छ ।

लिभरपुलका लागि सालाहले ३८औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । उनले नै ९०औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितपछि लिभरपुलको १७ खेलबाट ४९ अंक भएको छ । एक खेल कम खेलेको लेस्टरको ३८ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय