+

एसी मिलानको २१ वर्षयताकै फराकिलो हार

२०७६ पुष  ६ गते २०:३३ २०७६ पुष ६ गते २०:३३
एसी मिलानको २१ वर्षयताकै फराकिलो हार

एसी मिलान कुनै बेला इटालियन जायन्ट क्लबको रुपमा रहेको थियो । पाउलो माल्दिनी, क्लिरेन्स सिडोर्फ, काका, आन्द्रे पिर्लो जस्ता खेलाडी एकै पटक मिलानबाट खेल्थे । पछि डेभिड बेकह्याम,रोनाल्डिन्हो जस्ता खेलाडीले पनि खेले । मिलान र इन्टर मिलानले युभेन्ट्स पछि समान १८ उपाधि जितेका छन् ।

तर अहिले अवस्था फरक छ । एसी मिलानले २१ वर्ष यताकै फराकिलो हार बेहोरेको छ ।

इटालियन सिरी ए मा मिलान आइतबार एटलान्टासंग ५-० ले पराजित भयो । सन् १९९८ मा रोमासंग ५-० ले पराजित भएयता यो नै मिलानको ठूलो हार हो ।

एटलान्टालाई घरेलु मैदानमा फराकिलो जित दिलाउन जोसेफ इदिसिले दुई तथा अलेजान्द्रो गोमेज, मारियो पासालिच र लुइस मुरिएलले एक-एक गोल गरे ।

फराकिलो हारपछि १७ खेलबाट २१ अंक रहेको मिलान अक तालिकामा दशौँ स्थानमा छ ।

यसै सिजन च्याम्पियन्स लिगमा डेब्यु गर्दै अन्तिम १६ मा पुगेको एटलान्टा लिगमा पनि उत्कृष्ट प्रदर्शन कायम राखेको छ । १७ खेलबाट ३१ अंक जोडेको एटलान्टा लिगमा पाँचौ स्थानमा उक्लेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३