+
+

जेएनयू आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन  

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ पुष २१ गते १७:५५

२१ पुस, काठमाडौं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा भएको आक्रमणको विरोधमा नेपालमा  प्रदर्शन भएको छ । प्रदर्शनमा जवाहरलाल नेहरु विश्‍वविद्वालयमा अध्ययनरत विद्यार्थीसमेत सहभागी थिए ।

उनीहरुले आफूहरु जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी सँगै रहेको, फाँसीवाद मुर्दावाद, हिंसाले प्रजातन्त्रलाई गिज्याइरहेको छ, विश्वविद्यालय लडाईंको मैदान होइन आदि नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा  आइतबार राति  भएको आक्रमणको नेपालमा विभिन्न विद्यार्थी संगठन र नेताहरुले पनि विरोध जनाएका छन्  ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियू जेएनयूको घटनाले भारतको लोकतन्त्रमा कालो पोतिएको भनेर टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससम्बद्ध नेविसंघले प्राज्ञिक थलोमा भएको आक्रमण निन्दनीय भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?