Comments Add Comment

आहारारा गोल्डकप : मनाङलाई दर्शक र पुलिसलाई मैदानको साथ !

कसले जित्ला उपाधि ?

३० फागुन, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपको १८ औं संस्करणको फाइनलमा शनिबार मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगिताको ५ पटकको उपाधि विजेता दुबै टिम छैटौं उपाधिमा आफ्नो नाम लेखाउने तयारीमा छन् । पुलीस थ्रीस्टारलाई ३–० ले र मनाङ त्रिभुवन आर्मीलाई ३–२ ले पराजित गर्दै फाइनल पुगेका हुन् ।

यो सिजनको शहीद स्मारक ए डिभिजन लिगमा २–० ले र केही दिनअघिको बुढासुब्बा गोल्डकपमा ३–१ ले पुलिसलाई पराजित गरेकाले मनाङ उच्च मनोबलमा छ । त्यसमाथि पोखरा मनाङको ‘फ्यान फलोअर’ बढी भएको क्षेत्र मानिन्छ । मनाङ त्यसको फाइदा उठाउने तयारीमा छ ।

कप्तान कमल श्रेष्ठ भन्छन् ‘यहाँ दर्शकको राम्रो साथ र माया छ । त्यसैले जित्ने दबाब पनि छ । जितेरै कप उहाँहरुलाई उपहार दिने लक्ष्यमा छौं ।’ मनाङका प्रशिक्षक फुजा टोपेले पुलिस क्लबलाई कमजोर नआक्ने बताए ।

बदला लिने दाउमा पुलिस

पुलिस पनि लिग र बुढासुब्बा गोल्ड कपमा भोगेको हारको बदला लिने सोचमा छ । उसले पनि आफूलाई पोखराको मैदान फाप्ने बताएको छ । ‘पटक पटक फाइनलसम्म पुग्ने मौका पाएका छौं । यो मैदान हाम्रो लागि भाग्यमानी सावित हुँदै आएको छ,’ प्रशिक्षक अनन्त थापाले भने ।

युवा खेलाडीको बाहुल्य रहेको पुलिसका कप्तान भरत शाह खेल कौशल देखाएरै फाइनल जित्ने बताउँछन् । ‘हाम्रो टिमवर्क राम्रो छ । दर्शकको साथ यहाँ मनाङलाई धेरै छ । तर, हामीले आफ्नो कला देखाएर ती दर्शक आफ्नो पक्षमा पार्ने लक्ष्यमा छौं,’ उनले भने ।

के छ इतिहास ?

मनाङ र पुलिस दुबै टिम आहा रारा गोल्डकपमा सफल मानिन्छन् । २०५८ मा ‘क्याराभन कप’का नामबाट सुरु भएको आहा रारा गोल्डकपको पहिलो संस्करणको फाइनलमै यी दुई टिम आमने सामने भएका थिए । त्यसमा पुलिसले २–१ ले बाजी मारेको थियो ।

२०६० सालमा मनाङले पुलिसलाई ३–१ ले हराउँदै उपाधि जित्यो । २०६१ सालको तेस्रो संस्करणमा पनि यी दुई टिम नै फाइनल पुगे । जसमा मनाङले ३–२ ले खेल आफ्नो पक्षमा पा¥यो । त्यसपछि भने यी दुई टिमको फाइनलमा भेट पहिलो पटक हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment