+

जय बहादुरलाई एनसीएसएसको सहयोग

२०७६ चैत  १० गते ११:३५ २०७६ चैत १० गते ११:३५
जय बहादुरलाई एनसीएसएसको सहयोग

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज एनसीएसएसले मिर्गौलामा समस्याका कारण वीर अस्पतालमा उपचार गरिरहेका कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानका मैदान कर्मचारी जयबहादुर तामाङ्ग सेते दाइलाई नगद ५० हजार सहयोग गरेको छ ।

सेते दाइको उपचारका लागि एनसीएसएसले सञ्चालन गरेको एनसीएसएस ‘सेते दाइ सहयोग अभियान’मा संकलित नगद ५० हजार सहयोग रकम आइतबार हस्तान्तरण गरेको हो ।

एनसिएसएसले सोमबार वीर अस्पतालमा जयबहादुर तामाङ्गको श्रीमती निरमाया तामाङ्गलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

मैदान कर्मचारी तामाङ पछिल्लो १२ दिनदेखि वीर अस्पतालमा किडनीको उपचार गराइरहेका छन ।

नेपाली क्रिकेट समर्थकहरुको संस्था एनसीएसएसले सोमबार चौथो दिन जारी अभियानमा कुल ८७ हजार २८० रुपैयाँ संकलन गरेको छ । जसमध्ये उठिसकेको रकम ५० हजार सोमबार हस्तान्तरण गरेको थियो भने ६ हजार ३५० सिधै बिरामीको बैंक खातामा पठाएको थियो । त्यसैगरी ३० हजार ९३० रकम घोषणा भएको तर उठ्न बाँकी रहेको एनसिएसएसले जनाएको छ ।

दोश्रो चरणको रकम एनीएसएसले आगामी शुक्रबार हस्तान्तरण गर्ने जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०