२० चैत, काठमाडौं । कोरोना भाइरस महामारीले विश्व खेलकुद नै अहिले ठप्प छ । सबैतिरको फुटबल स्थगित छ । युरोपियन ठूला लिगहरु कहिले मैदानमा फर्किने हो थाहा छैन ।
यसैबीच कोरोनाको संक्रमण हटेपछि के के गर्ने भनेर स्पेनिस ला लिगाले खेलाडी र क्लबका लागि नयाँ निर्देशिका नै सार्वजनिक गरेको छ । स्पेनिस अनलाइन मार्काले तयार पारेको सामग्रीमा ला लिगाले खेलाडीका लागि मैदान, उपचार कक्ष, शौचालय, किचन, जिम हल र खानाका बारेमा निर्देशिका बनाएको हो ।
किचन (भान्सा)
भान्सामा १ जना मात्र कुक जान पाइनेछ । खेलाडीको लागि उसैले फरक परिकार तयार पार्नपर्नेछ । यदि क्लबको आफ्नै न्युट्रिसनिस्ट भएमा उसले टाढै रहेर काम गर्न सक्नेछ ।
भान्छाभित्र नयाँ मान्छेको भान्छा बन्द गर्नुपर्नेछ । यस्तै कुकले नै भान्छा कोठा खोल्ने, सरसफाइ गर्ने र बन्द गर्ने गर्नुपर्छ । बढीमा दुई हप्तासम्मको खाद्य सामग्री किन्न पाइनेछ ।
ट्इवालेट (शौचालय)
शौचालय सफा गर्न एक जना मात्रै राख्नुपर्नेछ । शौचालयभित्र क्युबिकेल्स सफा हुनुपर्ने र ९६ प्रतिशत अल्कोहल भएको डिसइन्फेकटेड छर्कनुपर्नेछ ।
उपचार कक्ष
उपचार कक्षमा पहिलो २ हप्ता खेलाडी र फिजियो बीचको दुरी कायम गर्नुपर्नेछ । घाइते भएका खेलाडीको मात्रै उपचार गर्ने, उपचारमा संलग्न फिजियोले ग्लोभ्स र मास्क अनिवार्य लगाउनुपर्नेछ । ला लिगाले प्रशिक्षणमा फर्किएको पहिलो एक हप्ता मसाज कम गर्नसमेत भनेको छ ।
जिम
जिम हल ठूलो भएको अवस्थामा सीमित खेलाडीलाई जिम गर्न दिइनेछ । एक पटकमा एक वा दुई जना खेलाडीलाई मात्र जिम गर्न दिने, समूहमा प्रशिक्षण गर्दा मात्रै जीमको प्रयोग गर्न दिने, एक्लो ट्रेनिङ गर्दा जीम नगर्ने ।
मैदान
एक्लै ट्रेनिङ गरेको बेला एउटै समयमा एउटा पिचमा दुई जना खेलाडीले मात्रै अभ्यास गर्न पाउनेछन् । जसमा एक जना एक छेउमा र अर्को जना अर्को छेउमा हुनेछन् ।
यो समयमा खेलाडीले टाढैबाट ट्रेनिङ पाउनेछन् । खेलाडीले ट्रेनिङ गर्दा मैदान जाँदा सधैं एउटै कारमा जाने र घरमा ट्रेनिङ गर्दा त्यो परिवर्तन गर्नुपर्नेछ । यस्तै ला लिगाले खेलाडीलाई म्याचको लागि चाँडै तयार हुन क्लबको सेवा सुविधामा प्रयोग गर्न आग्रह गरेको छ ।
खाना
खेलाडीहरु ट्रेनिङमा नहुँदा उनीले एक अर्कालाई नभेट्ने, खाना खाँदा पनि सँगै नभेट्ने, यसैगरी खाना एक खेलाडीको लागि तयार गरिनेछ र उसको नाम र जर्सी नम्बरसहित झोलामा हालेर दिइनेछ ।
प्रतिक्रिया 4