+

फुटबलर समीक्षाको आँखाको उपचारका लागि आर्थिक सहयोग 

२०७७ वैशाख  १९ गते १६:५२ २०७७ वैशाख १९ गते १६:५२
फुटबलर समीक्षाको आँखाको उपचारका लागि आर्थिक सहयोग 

१९ वैशाख, काठमाडौं । महिला फुटबल खेलाडी समीक्षा थापा मगरको आँखाको उपचारका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र विराट सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ ।

एन्फाले पहिलाे चरणमा समीक्षालाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । उपचारका लागि थप रकम आवश्यक परे उपलब्ध गराउने एन्फाले जनाएको छ । सांग्रिला क्लबले पनि समीक्षालाई  २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

समीक्षालाई एन्फाकाे तर्फबाट वसन्त अर्यालले र क्लबका तर्फबाट क्लबका सचिव काशीराज पराजुली र कोषाध्यक्ष दिपेन्द्र मगरले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

उदयपुर घर भएकी समीक्षाको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर दाहिने आँखामा चोट लागेको थियो । । उनले विराटनगरस्थित आँखा अस्पतालमा आँखाको उपचार गराइरहेकी छन् ।समीक्षा यू-१६ टिमकी सदस्य समेत हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय