+
+

धादिङमा खुकुरी प्रहार गरी प्रअको हत्या

रासस रासस
२०७७ वैशाख २८ गते १५:०१

२८ वैशाख, धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ ।

विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि धादिङबेँसी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?